रवीन्द्र मिश्रद्वारा विवेकशील साझाको महाधिवेशन सफलताको शुभकामना

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्व पार्टी विवेकशील साझाको महाधिवेशन सफलताको कामना गरेका छन्।

रवीन्द्र मिश्रद्वारा विवेकशील साझाको महाधिवेशन सफलताको शुभकामना
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्व पार्टी विवेकशील साझाको महाधिवेशन सफलताको कामना गरेका छन्। आज काठमाडौँमा सुरु हुन लागेको विवेकशील साझाको महाधिवेशनलाई शुभकामना दिँदै उनले विचारमा अन्तर भए पनि नियतमा नभएको बताएका छन्। ‘बिचार भन्दा माथि देश’ भन्ने आफ्नो मार्ग परिवर्तनले पार्टीमा समस्यालाई जटिल बनाए पनि संयमताका साथ पार्टीलाई अगाडि लैजाने साथीहरूलाई नमन उनले भनेका छन् । ‘विवेकशील साझाको प्रथम महाधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गर्दछु, मेरो मार्ग परिवर्तनले पार्टीका समस्यालाई थप जटिल बनाए पनि ती जटिलतासँग संयमताका साथ जुध्दै पार्टीलाई सम्हालेर अगाडि लैजाने साथीहरूलाई नमन’, उनले लेखेका छन्, ‘हाम्रो विचारमा अन्तर भए नि नियतमा अन्तर छैन भन्नेमा विश्वस्त छु।