प्रचण्डको विश्लेषण : ०८४ मा रास्वपा पहिलो पार्टी बन्छ

बिहीबार माओवादी केन्द्र कोशी प्रदेश कमिटीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र नेकपा (एमाले)ले रास्वपामाथि राजनीतिक प्रतिशोध साँधेका कारण जनताको सहानुभूति रास्वपाप्रति बढेको विश्लेषणसमेत गरेका छन्।

प्रचण्डको विश्लेषण : ०८४ मा रास्वपा पहिलो पार्टी बन्छ
विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)आगामी २०८४ को चुनावमा देशको पहिलो पार्टी बन्ने विश्लेषण गरेका छन् । बिहीबार माओवादी केन्द्र कोशी प्रदेश कमिटीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र नेकपा (एमाले)ले रास्वपामाथि राजनीतिक प्रतिशोध साँधेका कारण जनताको सहानुभूति रास्वपाप्रति बढेको विश्लेषणसमेत गरेका छन्। ‘कांग्रेस, एमालेको ज्यादतीका विरुद्ध, राजनीतिक प्रतिशोधका विरुद्ध रास्वपाप्रति जनताको सहानुभूति बढेको छ,’ प्रचण्डले भने, ‘अहिलेको पोजिसन मैले हेर्दा ८४ मा रास्वपा पहिलो पार्टी हो ।’ उनले रास्वपाको उदय सामाजिक सञ्जाल र टिभी प्रस्तुतिबाट अचानक भएको स्मरण गर्दै गत चुनावमा समानुपातिक मतमा माओवादी केन्द्रको हाराहारीमा आउनुलाई महत्त्वपूर्ण राजनीतिक घटनाको रूपमा व्याख्या गरे ।