सुनको मूल्य फेरि बढ्यो

त्यसयता घटेको सुनको भाउ आज फेरि पुरानै उच्च मूल्यमा पुगेको हो। हिजो सुनको मूल्य तोलाको तीन सय रुपैयाँ बढेर एक लाख ९९ हजार रुपैयाँ पुगेको थियो।

सुनको मूल्य फेरि बढ्यो
काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ। सुनको मूल्य आज प्रतितोला चारसय रुपैयाँ बढेर एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि गएको साउन २३ गते पनि सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। यो अहिलेसम्मकै उच्च मूल्य हो। त्यसयता घटेको सुनको भाउ आज फेरि पुरानै उच्च मूल्यमा पुगेको हो। हिजो सुनको मूल्य तोलाको तीन सय रुपैयाँ बढेर एक लाख ९९ हजार रुपैयाँ पुगेको थियो। आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ। आज चाँदीको मूल्य प्रतितोला दुई हजार तीनसय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।