समयमै स्वास्थ्य बिमा नवीकरण नगरे चार गुणासम्म शुल्क तिर्नुपर्न‍े

विगतमा स्वास्थ्य बिमा गरी नवीकरण नगरेका बिमित परिवारहरूलाई एक पटकका लागि थप शुल्क मिनाहा गर्ने तर आगामी कात्तिक ३१ गतेपछि भने विलम्ब शुल्कको चर्को दर लागु हुने बोर्डको सूचनामा उल्लेख छ ।

समयमै स्वास्थ्य बिमा नवीकरण नगरे चार गुणासम्म शुल्क तिर्नुपर्न‍े
काठमाडौं । समयमै स्वास्थ्य बिमा नवीकरण नगरे चार गुणासम्म शुल्क लाग्ने भएको छ । स्वास्थ्य बिमा बोर्डले बुधबार एक सूचनामार्फत चर्को शुल्कबाट बच्न समयमै बिमा नवीकरण गर्न भनेको हो । विगतमा स्वास्थ्य बिमा गरी नवीकरण नगरेका बिमित परिवारहरूलाई एक पटकका लागि थप शुल्क मिनाहा गर्ने तर आगामी कात्तिक ३१ गतेपछि भने विलम्ब शुल्कको चर्को दर लागु हुने बोर्डको सूचनामा उल्लेख छ । असोज मसान्तसम्म नवीकरण गर्नेका लागि पुरानो योगदान रकममा कुनै थप शुल्क लाग्ने छैन । तर, ०८२ कात्तिक ३१ गतेपछि शुल्क बढाइने बोर्डले जनाएको छ । बोर्डका अनुसार, स्वास्थ्य बिमामा ३५०० रुपैयाँ योगदान गर्ने बिमित परिवारले ०८५ कार्तिक १ वा त्यसपछि नवीकरण गरेमा १४ हजार रुपैयाँसम्म योगदान रकम लाग्नेछ समयमै नविकरण नगर्दा कति लाग्छ शुल्क ?