राज्य व्यवस्था समितिकी सभापति न्यौपानेले लिइन् पद तथा गोपनीयताको शपथ

तत्कालीन संविधानसभामा सदस्य न्यौपानेले पार्टीका तर्फबाट संसदीय दलको सचेतकको भूमिका समेत निर्वाह गरिसकेकी छिन् । कांग्रेस महिला विभाग प्रमुख भई जिम्मेवारी सम्हालेको अनुभव पनि उनीसँग छ ।

राज्य व्यवस्था समितिकी सभापति न्यौपानेले लिइन् पद तथा गोपनीयताको शपथ
काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । आजै सभापतिमा निर्विरोध चयन भएकी उनलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।समितिका ज्येष्ठ सदस्य सर्वेन्द्र नाथ शुक्लाको अध्यक्षतामा आज बसेको बैठकले उनलाई निर्विरोध चयन भएको घोषणा गरेको थियो । तत्कालीन संविधानसभामा सदस्य न्यौपानेले पार्टीका तर्फबाट संसदीय दलको सचेतकको भूमिका समेत निर्वाह गरिसकेकी छिन् । कांग्रेस महिला विभाग प्रमुख भई जिम्मेवारी सम्हालेको अनुभव पनि उनीसँग छ ।