एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ

‘पक्राउ पुर्जी जारी भएपछि उहाँ ब्युरोमा उपस्थित हुनुभएको थियो। त्यसपछि हामीले आवश्यक कारबाही अगाडि बढाएका हौँ,’ उनले भने, ‘अहिले सरकारी वकिलको कार्यालयमा हुनुहुन्छ। यसपछि अदालत लैजान्छौँ।’

एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ
काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन्। उनको अहिले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान भइरहेको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए। ‘पक्राउ पुर्जी जारी भएपछि उहाँ ब्युरोमा उपस्थित हुनुभएको थियो। त्यसपछि हामीले आवश्यक कारबाही अगाडि बढाएका हौँ,’ उनले भने, ‘अहिले सरकारी वकिलको कार्यालयमा हुनुहुन्छ। यसपछि अदालत लैजान्छौँ।’ गाली बेइज्जती तथा चरीत्र हत्या गरेको भन्दै एक महिलाले उनीविरुद्ध हुलाकमार्फत साइबर व्युरोमा जाहेरी दिएकी थिइन्। उक्त जाहेरीपछि महरविरुद्ध सोमबार पक्राउ पुर्जी जारी भएको थियो।