जसपाले दुई मन्त्रीलाई फिर्ता बोलाउने

सो निर्णयबारे प्रधानमन्त्री कार्यालयलाई समेत जानकारी गराइसकिएको उक्त पार्टीका उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिए । बैठकले अर्का दुई जनालाई मन्त्रीमा पठाउने निर्णय गरेको समेत उनले बताए ।

जसपाले दुई मन्त्रीलाई फिर्ता बोलाउने
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आफ्ना दुई जना मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । पार्टीको यसअघि बसेको बैठकले सो निर्णय गरेको हो । सो निर्णयबारे प्रधानमन्त्री कार्यालयलाई समेत जानकारी गराइसकिएको उक्त पार्टीका उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिए । बैठकले अर्का दुई जनालाई मन्त्रीमा पठाउने निर्णय गरेको समेत उनले बताए । सरकारमा मन्त्री रहेका प्रदीप यादव र नवलकिशोर साहलाई फिर्ता बोलाउने र डा.वीरेन्द्र महतो र रञ्जु झालाई मन्त्रीमा पठाउने निर्णय भएको उनले बताए । उनका अनुसार पार्टीबाट मन्त्री रहेका दुवै जना मन्त्रीले भदौ ११ गतेभित्र राजीनामा दिनेछन् । र नाम सिफारिस भएका दुई जना नयाँ मन्त्री सरकारमा सहभागी हुनेछन् । सो पार्टीले एक वर्षका लागि प्रदीप यादव र नवलकिशोर साहलाई सरकारमा पठाएको थियो । उनीहरू एक वर्षभन्दा बढी सरकारमा रहिसकेका छन् ।