शिक्षा सुधारका लागि राज्य नै निर्मम हुनपर्छ : पूर्वमन्त्री पौडेल

पौडेलले भानु माध्यमिक विद्यालय यस क्षेत्रकै पूुरानो एवम् ऐतिहासिक विद्यालय रहेको भन्दै शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाई दक्ष जनशक्ति उत्पादनमा ध्यान दिन आग्रह गरे ।

शिक्षा सुधारका लागि राज्य नै निर्मम हुनपर्छ : पूर्वमन्त्री पौडेल
बागलुङ । पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधारमा राज्यनै निर्मम हुनुपर्ने बताएका छन् । बिहीबार भानु माध्यमिक विद्यालयलको हीरक महोत्सवको उद्घाटन गर्दै उनले सार्वजनिक शिक्षा सुधारका लागि राज्य नै निर्मम हुनुपर्ने बताएका हुन् । पौडेलले भानु माध्यमिक विद्यालय यस क्षेत्रकै पूुरानो एवम् ऐतिहासिक विद्यालय रहेको भन्दै शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाई दक्ष जनशक्ति उत्पादनमा ध्यान दिन आग्रह गरे । उहाँले विद्यालय शिक्षा सुधारका लागि राज्य नै गम्भीर बन्नुपर्ने भन्दै स्थानीय शिक्षक, अभिभावक, स्थानीय तह र अन्य जिम्मेवार सम्पूर्ण सयंत्रहरु चनाखो बन्नुपर्ने बताए । पौडेलले आफू शिक्षा मन्त्री हुँदा ८ वटा शिक्षा ऐन बनेको भन्दै शिक्षक महासघंसँग भएका सम्झौताहरु कार्यान्वयनको चरणमा रहेको स्पष्ट पारे ।