माओवादीले बोलायो विपक्षी दलहरूको बैठक

माओवादी पदाधिकारी बैठकले उपसभामुख मगरलाई महाभियोग लगाउने तयारी गरेको भन्दै त्यसको विरोध पनि गरेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

माओवादीले बोलायो विपक्षी दलहरूको बैठक
काठमाडौं । कांग्रेस एमालेले उपसभामुख इन्दिरा राना मगरले पदअनुकूल आचरण नगरेको प्रस्ताव दर्ता गर्न खोजेपछि प्रमुख प्रतिपक्षी दल माओवादीले विपक्षी दलहरूको बैठक बोलाएको छ । माओवादी केन्द्रीय पदाधिकारीहरूको बैठकमा विपक्षी दलहरूको बैठक बोलाउने निर्णय गरेको हो । माओवादी पदाधिकारी बैठकले उपसभामुख मगरलाई महाभियोग लगाउने तयारी गरेको भन्दै त्यसको विरोध पनि गरेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उपसभामुखविरुद्ध महाअभियोग लगाउने तयारीप्रति कांग्रेसमा शेखर कोइराला पक्षसमेत असन्तुष्ट देखिएको छ ।