काठमाडौं । सत्ता साझेदार दलले बनाएको उच्चस्तरिय राजनीतिक समितिको बैठक स्थगित भएको छ । सुदूरपश्चिम प्रदेश सरकार ढल्ने अवस्थामा पुगेपछि संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली भेटवार्तामा जुटेका छन् ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो । बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सुदूरपश्चिम सरकारका बिषयमा छलफल सुरु भएको छ ।
सिंहदरबारमा जारी दुई नेताको भेटवार्तामा प्रदेश सरकार कसरी बचाउने भन्नेबारे छलफल भइरहेको छ । निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताएपछि सुप सरकार संकटमा परेको छ ।
दुई नेताबीच नागरिक उन्मुक्तिका माग कसरी सम्बोधन गर्न सकिन्छ भन्नेबारे छलफल भइरहेको बताइएको छ । यसबारे उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठसँग पनि छलफल गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।
राजनीतिक संयन्त्रको बैठक स्थगित गरेर प्रचण्ड-ओली भेटवार्तामा
सत्ता साझेदार दलले बनाएको उच्चस्तरिय राजनीतिक समितिको बैठक स्थगित भएको छ ।

