स्वास्थ्य बीमा बोर्डले गर्‍यो थप २६ अस्पतालसँग सेवा सम्झौता

यस सम्झौता अनुसार ती अस्पतालहरू प्रथम सेवा विन्दुका रूपमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नेछन्। सम्झौता स्वास्थ्य बीमा नियमावली २०७५ को अनुसूची ८ बमोजिम हुने गरी गरिएको हो।

स्वास्थ्य बीमा बोर्डले गर्‍यो थप २६ अस्पतालसँग सेवा सम्झौता
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले थप २२ वटा स्थानीय तहमा रहेका २६ अस्पतालसँग सेवा सम्झौता गरेको छ । स्वास्थ्य बीमा ऐन २०७४ (प्रथम संशोधन २०८२) को दफा ९ को उपदफा ६ बमोजिम प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सेवा प्रदायक स्वास्थ्य संस्था अनिवार्य रहने व्यवस्था छ। सोही व्यवस्था अनुसार बोर्डको आह्वान तथा स्थानीय तहको अनुरोधमा स्वास्थ्य संस्थाहरू सूचीकृत भई सेवा सम्झौता सम्पन्न गरिएको सूचना अधिकारी बिकेश मल्ल ठकुरीले जानकारी दिए । यस सम्झौता अनुसार ती अस्पतालहरू प्रथम सेवा विन्दुका रूपमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नेछन्। सम्झौता स्वास्थ्य बीमा नियमावली २०७५ को अनुसूची ८ बमोजिम हुने गरी गरिएको हो। नयाँ सम्झौतासँगै स्वास्थ्य बीमा बोर्डमा अब प्रथम सेवा विन्दु ४१७ पुगेका छन्। साथै, ८५ वटा प्रेषण केन्द्रसहित बोर्डमा जम्मा ५०२ वटा सेवा प्रदायक स्वास्थ्य संस्था सूचीकृत भएका छन्। यससँगै प्रथम सेवा विन्दु भएका स्थानीय तहको संख्या ३७६ पुगेको छ।