रवि लामिछानेलाई काठमाडौं ल्याइँदै, कारागार पुग्यो प्रहरी र सशस्त्रको गाडी

सोही अनुसार, उनलाई आजै काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ललितपुरस्थित नख्खु कारागार लान लागिएको हो ।अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको गाडी उनलाई लिन कारागार पुगेको छ । अब केहीबेरमा उनी जहाज हुँदै काठमाडौं आउनेछन् ।

रवि लामिछानेलाई काठमाडौं ल्याइँदै, कारागार पुग्यो प्रहरी र सशस्त्रको गाडी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट काठमाडौं ल्याउन लागिएको छ । उनलाई ललितपुरस्थित नख्खु कारागार राखिने भएको छ । हिजोमात्रै कारागार विभागले उनलाई कारागार सरुवाको निर्णय गरेर कार्यान्वयनका लागि पत्र पठाएको थियो । सोही अनुसार, उनलाई आजै काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ललितपुरस्थित नख्खु कारागार लान लागिएको हो ।अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको गाडी उनलाई लिन कारागार पुगेको छ । अब केहीबेरमा उनी जहाज हुँदै काठमाडौं आउनेछन् । दिउँसो ३ बजेर १० मिनेटमा उनलाई बुद्ध एयरमार्फत काठमाडौं ल्याउन लागिएको हो । रविले कारागार सरुवाका लागि दिएको निवेदनका आधारमा प्रशासनले निर्णय गरेर उनलाई नख्खु कारागार ल्याउन लागेको हो ।