रेवतबहादुर रानाले प्राप्त गरे ७ औं डानको उपाधि

ग्राण्ड मास्टर डन डाल्टन अन्तर्राष्ट्रिय तेक्वान्दो फेरेडेशन युनियनले उनलाई ७ औं डानको कालोपेटी (उपाधि) प्रदान गरेको नेपाल योङ ब्रोदर्श तेक्वान्दो नेपालका अध्यक्ष जनकराज गौतमले जानकारी दिए ।

रेवतबहादुर रानाले प्राप्त गरे ७ औं डानको उपाधि
काठमाडौं । नेपाल योङ ब्रोदर्श तेक्वान्दोका टेक्निकल सल्लाहकार रेवतबहादुर रानाले कालो बेल्ड ७ औं डानको उपाधि प्राप्त गरेका छन् । साउन २२ र २३ गतेसम्म सञ्चालन भएको ग्राण्ड मास्टर क्लास सेमिनारमा उनले ७ औं डानको उपाधि प्राप्त गरेका हुन् । अन्तर्राष्ट्रिय तेक्वान्दो फेरेडेशन युनियनका ग्राण्ड मास्टर डन डाल्टनले उनलाई ७ औं डानको कालोपेटी (उपाधि) प्रदान गरेको नेपाल योङ ब्रोदर्श तेक्वान्दो नेपालका अध्यक्ष जनकराज गौतमले जानकारी दिए ।