बागमतीका मेयर थापालाई १० करोड जरिबाना र ८ वर्ष कैदको सजाय

विशेष अदालते उनीहरूलाई पीडित राहत कोषमा ४० लाख ३९ हजार १३१ रूपैयाँ क्षतिपूर्ति भराउनसमेत भनेको छ । गत साउन २१ गते विशेष अदालतले मेयर थापा र कर्मचारीद्वय विमलकुमार पोखरेल र सागर पौडेललाई भ्रष्टाचारी ठहर गरेको थियो ।

बागमतीका मेयर थापालाई १० करोड जरिबाना र ८ वर्ष कैदको सजाय
काठमाडौं । विशेष अदालतले सर्लाहीको भरत ताल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै बागमती नगरपालिकाका मेयर भरत थापालाई कैदसहित १० करोड रुपैयाँ जरिबाना सुनाएको छ । बिहीबार सजाय निर्धारण गर्दै विशेष अदालतले थापालाई ८ वर्ष कैद पनि तोकेको हो । थापासहित कर्मचारीहरू विमलकुमार पोखरेल र सागर पौडेललाई पनि समान सजाय र जरिबाना तोकिएको छ । विशेष अदालते उनीहरूलाई पीडित राहत कोषमा ४० लाख ३९ हजार १३१ रूपैयाँ क्षतिपूर्ति भराउनसमेत भनेको छ । गत साउन २१ गते विशेष अदालतले मेयर थापा र कर्मचारीद्वय विमलकुमार पोखरेल र सागर पौडेललाई भ्रष्टाचारी ठहर गरेको थियो । मेयर थापा २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट बागमती नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।