कैलाली कारागार घटना : सीडीओपछि एसपी तानिँदै !

गएको शुक्रबार राति कैलाली जिल्ला कारागारमा कैदीबन्दीबीच झडप भएको थियो । त्यसमा सुरक्षा समन्वयमा कमजोरी देखिएकाले सीडीओ र एसपी दुवैलाई तान्नुपर्ने अवस्था आएको गृह स्रोतको भनाइ छ ।

कैलाली कारागार घटना : सीडीओपछि एसपी तानिँदै !
काठमाडौं। प्रहरी प्रधान कार्यालयले कैलाली प्रहरी प्रमुख एवं एसपी बालनरसिंह राणालाई केन्द्रमा तान्ने भएको छ । बुधबार गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई केन्द्रमा तानेको थियो । लगत्तै प्रहरी प्रधान कार्यालयले पनि एसपी राणालाई यता बोलाउने तयारी गरेको हो । गृहको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयले एसपी राणालाई तान्न लागेको जनाइएको छ । गएको शुक्रबार राति कैलाली जिल्ला कारागारमा कैदीबन्दीबीच झडप भएको थियो । त्यसमा सुरक्षा समन्वयमा कमजोरी देखिएकाले सीडीओ र एसपी दुवैलाई तान्नुपर्ने अवस्था आएको गृह स्रोतको भनाइ छ । कैदीबन्दीबीच झडप हुँदा एकजनाको मृत्यु भएको थियो । बुधबार नै गृहले कैलालीको सीडीओमा दाङका प्रजिअ कृष्णप्रसाद लम्साललाई खटाएको छ । दाङमा अर्को सीडीओ पठाउने तयारी छ ।