एमाले केन्द्रीय सचिवालय बैठक सुरु

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संयोजक रहेको सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतीक संयन्त्रको बैठक बस्नुअघि एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।

एमाले केन्द्रीय सचिवालय बैठक सुरु
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संयोजक रहेको सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतीक संयन्त्रको बैठक बस्नुअघि एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। राष्ट्रपति निर्वाचन र सुदुरपश्चिमको सरकारमाथि आइपरेको संकटका बारेमा छलफल गर्न एमाले सचिवालय बैठक बसेको हो। उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा पनि राष्ट्रपति निर्वाचन र सुदूरपश्चिम प्रदेश सरकारले लिने विश्वासको मतका विषयमा छलफल हुने जनाइएको छ। उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बिहीबार दिउँसो ३ बजे बस्दैछ। यस्तै, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने भनिएको प्रदेश सभा बैठक अपराह्न ४ बजे बस्दैछ।