टर्की र सिरियामा भूकम्पबाट मर्नेको संख्या १६ हजार नजिक

सोमबार टर्की र सिरियामा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ।

टर्की र सिरियामा भूकम्पबाट मर्नेको संख्या १६ हजार नजिक
काठमाडौँ । सोमबार टर्की र सिरियामा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ। सीएनएनका अनुसार भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार ८६५ पुगेको छ। टर्कीको प्रकोप र आपतकालीन व्यवस्थापन एजेन्सी ९एएफएडी०का अनुसार टर्कीमा मात्रै मृतकको संख्या १२ हजार ८७३ पुगेको छ। उता सिरियाको उत्तरपश्चिम विद्रोही (नियन्त्रित क्षेत्र) र सरकारी नियन्त्रित भागमा गरी मृतकको संख्या २ हजार ९९२ पुगेको छ। मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको सहायता एजेन्सीहरूले जनाएका छन्। दुई देशमा गरी २० हजारको मृत्यु भएको अनुमान संयुक्त राष्ट्र संघले गरेको छ। घाइतेको संख्या ५० हजारभन्दा बढी रहेको बताइएको छ। खोज र उद्धार टोलीहरूले चिसो मौसमका बाबजुद भत्किएका भवनको भग्नावशेष पन्छयाइरहेका छन्।