नक्कली भुटानी शरणार्थी प्रकरण : खाण र रायमाझीसहित ३६ जनाको मुद्दा न्यायाधीश कार्कीको इजलासमा

यो मुद्दामा थुनामा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, थापाका छोरा प्रतीक थापा, तत्कालीन गृहसचिव टेकराज पाण्डेसहित ३६ जना प्रतिवादी छन्।

नक्कली भुटानी शरणार्थी प्रकरण : खाण र रायमाझीसहित ३६ जनाको मुद्दा न्यायाधीश कार्कीको इजलासमा
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज सुनुवाइ हुँदै छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो। यो मुद्दामा थुनामा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, थापाका छोरा प्रतीक थापा, तत्कालीन गृहसचिव टेकराज पाण्डेसहित ३६ जना प्रतिवादी छन्। यो मुद्दामा रायमाझी, पाण्डेसहित केही व्यक्ति थुनामा छन्। खाणसहितका केही भने बाहिरै बसेर मुद्दा लडिरहेका छन्।   उनीहरूविरूद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी कसुरसम्बन्धी अभियोग लगाइएको छ।