सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेर १ लाख ९६ हजार ८ सयमा कारोबार भइरहेको छ ।

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेर १ लाख ९६ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको १ लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा २ हजार ३ सय १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा २ हजार ३ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।