काठमाडौं । स्टार खेलाडीले भरिएको पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको अन्तिम १६ बाटै आउट भएको छ। बुधबार राति भएको खेलमा मार्सेलीसँग २–१ को हार ब्यहोर्दै पीएसजी आउट भएको हो।
मार्सेलीको जितमा एलिक्स सान्चेज र मालिनोव्स्कीले गोल गरे। सर्जियो रामोसले डि–बस्कभित्र फउल गरेपछि पाएको पेनाल्टीमा सान्चेजले गोल गर्दै मार्सेलीलाई अग्रता दिलाएका थिए।
पहिलो हाफकै अतिरिक्त समयमा नेयमारको पासमा रामोसले नै गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए। दोस्रो हाफको ५७ मिनेटमा मालिनोव्स्कीले गरेको गोल नै निर्णायक बन्दा सर्वाधिक १४ पटकको विजेता पीएसजी अन्तिम १६ बाटै आउट भयो।
मार्सेलीले अन्तिम पटक सन् १९८९ मा फ्रेन्च कप जितेपछि अहिलेसम्म उपाधी जित्न सकेको छैन। मुख्य खेलाडी केलियन एम्बाप्पेबिना पीएसजी मैदान उत्रिएको थियो। एम्बाप्पे घाइते भएका कारण मैदान बाहिर छन्।
एमबाप्पेबिनाको पीएसजी फ्रेन्च कपको अन्तिम १६ बाटै आउट
स्टार खेलाडीले भरिएको पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको अन्तिम १६ बाटै आउट भएको छ। बुधबार राति भएको खेलमा मार्सेलीसँग २–१ को हार ब्यहोर्दै पीएसजी आउट भएको हो।

