सिद्धबाबास्थित सिद्धार्थ राजमार्ग र बेनी-जोमसोम सडक अवरूद्ध

बेनी–जोमसोम सडकखण्ड पनि अवरुद्ध भएको छ । बिहान साढे ५ बजे बेनी–जोमसोम सडकखण्डमा सडक माथिबाट पहिरो खसी सडक पूर्णरूपमा अवरोध भएको प्रहरीले जनाएको छ ।

सिद्धबाबास्थित सिद्धार्थ राजमार्ग र बेनी-जोमसोम सडक अवरूद्ध
पाल्पा । पाल्पाको सिद्धबाबास्थित सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका–३ सिद्धबाबास्थित सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो । आज बिहान ४ : ४० बजे पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । बेनी–जोमसोम सडकखण्ड पनि अवरुद्ध भएको छ । बिहान साढे ५ बजे बेनी–जोमसोम सडकखण्डमा सडक माथिबाट पहिरो खसी सडक पूर्णरूपमा अवरोध भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन रोकिएका छन् ।