शिक्षा समिति : उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित

समितिले हालसम्म भएका सहमतिलाई समेटेर प्रतिवेदन तयार पार्ने जिम्मा समितिको सचिवालयलाई दिएको छ । प्रतिवेदन पेस भएपछि थप छलफल गरिने समितिले जनाएको छ ।

शिक्षा समिति : उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित
काठमाडौं । शिक्षा विधेयकका विवादित सबै विषयको टुंगो नलगाई प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठक सकिएको छ । बैठकले छविलाल विश्वकर्मा संयोजकत्वको उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । जसमा बढुवा, कार्यसम्पादन मूल्यांकनसहितका विषयमा सहमति जुटाएर समावेश गरिएको छ । समितिले हालसम्म भएका सहमतिलाई समेटेर प्रतिवेदन तयार पार्ने जिम्मा समितिको सचिवालयलाई दिएको छ । प्रतिवेदन पेस भएपछि थप छलफल गरिने समितिले जनाएको छ ।