भोजपुर । स्थानीय तहमा कामकाजका लागि सञ्चालन गरिएको सर्भर नचल्दा सेवा प्रवाहमा समस्या भएको छ । सर्भर नचल्दा सेवाग्राही घण्टौँसम्म लाइन बस्नुपर्ने अवस्था छ ।
यतिबेला स्थानीय तहका वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता नवीकरण, राजस्व सङ्कलनलगायत काम गरिरहेका छन् । तर सर्भर नचल्दा सेवाग्राही तथा कर्मचारीले हैरानी भोग्नुपरेको छ । सर्भरका कारण सेवा प्रवाहमा समस्या भएपछि भोजपुर नगरपालिका–५ बोखिमले बिहान कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्दै आएको छ ।
बिहान दुई दिन जति राम्रो ढङ्गले सेवा दिएको भए पनि पछिल्लो समय सर्भरमा त्यही समस्या देखिएको वडासचिव अभिनास राईले जानकारी दिए । सेवा प्रवाहका क्रममा दैनिकजसो सर्भर नचल्दा सेवाग्राही मारमा पर्ने गरेका उनको भनाइ छ । “अहिले वडास्तरमा सर्भरमार्फत गर्ने कामको चाप छ, बिहान राम्रो चल्छ कि भनेर कार्यालय खोलेर सेवा प्रवाह गर्दै आएका छौँ । केही दिन त राम्रै चल्यो, अहिले फेरि उस्तै समस्या छ । सर्भर नचल्दा दुईचार मिनेटमा हुने कामको लागि घण्टौँ लाग्ने अवस्था छ ।”
वडामा सामाजिक सुरक्षा भत्ता लिने तीन सय ५२ लाभग्राहीमध्ये बिहान सेवा सञ्चालन गरेर एक सयका हारहारीको नवीकरण सम्पन्न भएको वडासचिव राईले बताए । प्रायः सबै स्थानीय तहमा सर्भर नल्दा सेवा प्रवाहमा समस्या भएको उनले जानकारी दिए।
सर्भर नचल्दा पञ्जीकरणको काममा समस्या
यतिबेला स्थानीय तहका वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता नवीकरण, राजस्व सङ्कलनलगायत काम गरिरहेका छन् । तर सर्भर नचल्दा सेवाग्राही तथा कर्मचारीले हैरानी भोग्नुपरेको छ ।

