काठमाडौं । लामो छलफलपछि ‘कुलिङ अफ पिरियड’मा भएको चलखेलसम्बन्धी अनुसन्धान गर्न बनेको संसदीय विशेष समितिको प्रतिवेदन पास भएको छ । सहमति जुटेपछि मंगलबार बिहान ४ बजे प्रतिवेदन सर्वसम्मत पास गरिएको हो ।
समितिका सातै जना सदस्यले हस्ताक्षर गरेर प्रतिवेदन फाइल गरेका छन् । समिति सदस्यमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशील थिङ, एमालेबाट नारायण प्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेका छन् ।
संघीय निजामति सेवा विधेयकमा रहेको कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्थामा चलखेल भएपछि अनुसन्धान लागि २३ असारमा संसदीय विशेष समिति गठन गरिएको थियो ।
समितले सोमबार अनुसन्धान गरेर प्रतिवेदन तयार गरेपनि समितिका सदस्यहरूबीच सहमति हुन सकेको थिएन । सहमतिका लागि भएको लामो छलफलपछि प्रतिवेदन पास भएको हो ।
एमालेका समिति सदस्यहरूले प्रतिवेदनमा दोषी किटान गर्न नहुने भनेपछि प्रतिवेदनमा सहमति जुट्न सकेको थिएन । तर, विपक्षी दलका सदस्यहरूले ‘नोट अफ डिसेन्ट’ लेख्ने धम्की दिएपछि एमाले लचिलो भएको थियो ।
'कुलिङ अफ पिरियड' : संसदीय समितिको प्रतिवेदन पास
संघीय निजामति सेवा विधेयकमा रहेको कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्थामा चलखेल भएपछि अनुसन्धान लागि २३ असारमा संसदीय विशेष समिति गठन गरिएको थियो ।

