कक्षा १२ को परीक्षा फल सार्वजनिक, ६१ प्रतिशत उत्तीर्ण

परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए । जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ।

कक्षा १२ को परीक्षा फल सार्वजनिक, ६१ प्रतिशत उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। वैशाख २१ देखि जेठ २ गतेसम्म चलेको परीक्षाको नतिजा आज सार्वजनिक भएको हो। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार २ लाख ८२ हजार ४६५ जना विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए । जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ। ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा ३८.८३ विद्यार्थी ननग्रेड भएको बोर्डले जनाएको छ। सबैभन्दा धेरै ६६ हजार २७५ जनाले अङ्ग्रेजीमा ननग्रेड ल्याएका छन्। कक्षा १२ को नतिजामा उत्तीर्ण प्रतिशत गत वर्षभन्दा ९ प्रतिशतले बढेको छ। गत बर्ष ५२.९१ प्रतिशत उत्तीर्ण भएका थिए नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट हेर्न सकिन्छ।