काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ऐनापहरास्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटना भएको बस मर्स्याङ्दी नदीमा खस्नबाट जोगिएको छ । मर्स्याङ्दी नदीको माथिल्लो भागमा बस अड्किएको छ । बस सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
नारायणगढबाट गोरखातर्फ जाँदै गरेको ग२ ख १०७७ नम्बरको बस आइतबार दिउँसो दुर्घटनामा परेको हो । दुर्घटनामा पाँचजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।
दुर्घटनामा गोरखाको सहिद लखन गाउँपालिका–६ बस्ने ४० वर्षीया सुनु थापा, गोरखा नगरपालिका–९ बस्ने ५४ वर्षीय सनबहादुर गुरुङ, सहिद लखन गाउँपालिका–६ बस्ने ४३ वर्षीयाा सीता थापा, सहिद लखन गाउँपालिका–६ बस्ने २८ वर्षीयाा मीना थापा, तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बस्ने ७ वर्षीया खुशी रामदाम घाइते भएका छन् ।
घाइतेमध्ये सुनुको अवस्था गम्भीर छ । उनको आँबुखैरेनी अस्पतालमा सामान्य उपचारपश्चात चितवनको सीएमसी अस्पतालमा पठाइएको छ । अन्य घाइतेको आँबुखैरेनी अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ऐनापहरास्थ्ति पृथ्वी राजमार्गमा बस दुर्घटना
नारायणगढबाट गोरखातर्फ जाँदै गरेको ग२ ख १०७७ नम्बरको बस आइतबार दिउँसो दुर्घटनामा परेको हो । दुर्घटनामा पाँचजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।

