काठमाडौं उपत्यकासहितको मौसम बिग्रियो

केही दिनदेखि काठमाडौं उपत्यकासहित धेरै ठाउँको मौसम धुम्मिएको छ । मौसम धुम्मिए पनि तत्काललाई पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् गंगा नगरकोटीले बताए।

काठमाडौं उपत्यकासहितको मौसम बिग्रियो
काठमाडौं । केही दिनदेखि काठमाडौं उपत्यकासहित धेरै ठाउँको मौसम धुम्मिएको छ । मौसम धुम्मिए पनि तत्काललाई पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् गंगा नगरकोटीले बताए। उनका अनुसार पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि मौसममा आंशिकदेखि सामान्य बदली भइरहेको छ । तर, पानी पार्ने गरी पश्चिमी वायु सक्रिय भएको छैन । काठमाडौं उपत्यकासहित तराईका धेरै ठाउँमा अहिले बिहान हुस्सु लागेको छ । मौसमविद्का अनुसार काठमाडौंमा हुस्सु बिस्तारै हट्दै गए पनि दिउँसोको मौसम आंशिकदेखि सामान्य बदली हुने छ। तराईका जिल्लामा भने दिउँसोसम्म नै हुस्सु लाग्ने अनुमान छ । पश्चिम तराईको तुलनामा मध्य र पूर्वी तराईमा बाक्लो हुस्सु लाग्ने मौसमविद्ले बताएका छन् । आज र भोलि काठमाण्डौसहित पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । यस्तै, हिमाली केही जिल्लामा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । केही दिनदेखि देशभरजसो नै चिसो हावा चल्न थालेको छ । तर, तत्काललाई पानी भने नपर्ने मौसमविद् नगरकोटीले बताए । यसपालिको हिउँदमा खासै पानी पर्न सकेको छैन । यसले सुक्खापन बढाएको छ । यसपालि हिउँदमा पछिल्लो ३० वर्षयताकै कम पानी परेको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क छ।