फागुन मसान्तसम्म सवारी कर र नविकरण गरे जरिवाना छुट

कार्यालयले विगत आर्थिक वर्षहरुदेखि कर तिर्न बाँकी भएका सवारी धनीहरुलाई कर तथा नवीकरण समयमै भुक्तानी गरेर लाभ लिन आग्रहसमेत गरेको छ ।

फागुन मसान्तसम्म सवारी कर र नविकरण गरे जरिवाना छुट
काठमाडौं । आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७५/७६ सम्म तोकिए बमोजिमको कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीले यही २०७९ फागुन मसान्तभित्र कर बुझाएमा सो अवधिको जरिवाना छुट हुने भएको छ । यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) काठमाडौंले आज सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । कार्यालयले विगत आर्थिक वर्षहरुदेखि कर तिर्न बाँकी भएका सवारी धनीहरुलाई कर तथा नवीकरण समयमै भुक्तानी गरेर लाभ लिन आग्रहसमेत गरेको छ । प्रयोग नभएका सवारी साधनहरु चालु आर्थिक वर्षसम्मको कर नवीकरण तथा जरिवाना रकमभुक्तानी गरी विधिवत् लगतकट्टा गर्न पनि विभागले भनेको छ । ट्राफिक प्रहरीको कारबाहीमा परी प्रहरी कार्यालयमा रहेमा सवारी साधनका धनीहरुलाई पनि कर, नवीकरण तथा दण्ड दस्तुर तिरेर सवारी साधन जिम्मा लिन आग्रह गरिएको छ । सवारी कर भुक्तानी नगरेका सवारी साधन एवं सवारी धनीहरुको लगत तयार गरी सम्बिन्धित स्थानीय तहसँगको सहकार्यमा कर संकलन कार्यलाई कडाइका साथ लागू गर्न गइरहेको जानकारी पनि विभागले दिएको छ ।