रातोपुलमा एक पुरुषको हत्या

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले यसमा अनुसन्धान अघि बढाएको थियो। शव फेला परेपछि दुबै कार्यालयको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

रातोपुलमा एक पुरुषको हत्या
काठमाडौं । काठमाडौंको रातोपुलमा एक जना पुरूषको हत्या भएको छ। मंगलबार बिहान रातोपुलमा एक जना पुरूषको शव फेला परेको हो । मृतक काठमाडौंको कपन बस्ने ध्रुव खड्का छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले यसमा अनुसन्धान अघि बढाएको थियो। शव फेला परेपछि दुबै कार्यालयको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरी स्रोतका अनुसार शव फेला परे पनि मृतकको पहिचान खुलेको थिएन। उनको पहिचान खोल्ने प्रयास गरिरहँदा प्रहरीले सुराकी पाएको स्रोतले जानकारी दियो । पक्राउ पर्ने व्यक्ति लागु औषध व्यापारी हुन्। राम थापा भन्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई पक्राउ गरिसकेपछि मात्रै मृतकको पहिचान खुलेको हो। प्रहरीका अनुसार मृतक खड्का सोमबार साँझ एक पार्टीमा गएका थिए । पार्टीबाट घर फर्किन लागेका खड्कालाई थापाले लगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको अनुसन्धानमा संलग्न अर्का एक प्रहरीले बताए । लुटपाट गर्ने नियतले रातोपुल पुर्‍याएर कुटपिट गरी हत्या गरेको उनले जानकारी दिए । घटनाबारे परिसर र कार्यालयले संयुक्त रूपमा बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी पनि गरिरहेको छ।