सिरहा कारागारमा कैदीबन्दीबीच झडप

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार आन्तरिक प्रशासनको नाइके तोक्नेबारेमा विवाद हुँदा झडप भएको हो ।

सिरहा कारागारमा कैदीबन्दीबीच झडप
सिरहा । सिरहा कारागारमा कैदीहरूबीच झडप भएको छ । आइतबार दिउँसो साढे ३ बजेतिर भएको झडपमा १३ जना कैदीबन्दी घाइते भएका छन् । सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार आन्तरिक प्रशासनको नाइके तोक्नेबारेमा विवाद हुँदा झडप भएको हो । घाइतेहरूलाई प्रादेशिक अस्पताल सिराहामा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सहायक प्रजिअ बरालले बताए ।