ओलीसँगको छलफलपछि विद्या भण्डारीले भनिन् -मेरो पार्टी सदस्यता नवीकरण भइसक्यो

शनिबार सम्पन्न पोलिटब्युरो बैठकमा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको पार्टी सदस्यता नवीकरण ‘पेन्डिङ’ अवस्थामै रहेको बताएका थिए ।

ओलीसँगको छलफलपछि विद्या भण्डारीले भनिन् -मेरो पार्टी सदस्यता नवीकरण भइसक्यो
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भेटवार्ता गरेकी छन् । आइतबार पार्टी कार्यालय च्यासलमा भएको भेटपछि भण्डारीले सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले आफ्नो पार्टीको सदस्यता नवीकरण भइसकेको बताएकी हुन् । 'त्यो त पुरानै कुरा भयो, पार्टी सदस्यता नवीकरण भइसक्यो,' उनले भनिन् । शनिबार सम्पन्न पोलिटब्युरो बैठकमा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको पार्टी सदस्यता नवीकरण ‘पेन्डिङ’ अवस्थामै रहेको बताएका थिए । 'उहाँको सदस्यता पेन्डिङमा छ अर्थात् जहाँ जस्तो अवस्थामा छ स्थगन अवस्थामा छ,' उनले भनेका थिए ।