पर्वत । पर्वतको मोदीमा पहिरोले पुरिएर दुई जना बेपत्ता भएका छन् । गाउँपालिका-३ देउरालीको लाङ्दीमा माथिबाट आएको पहिरोले घर पुरिँदा ७६ वर्षीय वृद्ध छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती विक बेपत्ता भएका हुन् ।
उनकी बुहारी ३२ वर्षीया पवित्रा विक भने पहिरो झर्ने वित्तिकै भाग्न सफल भएकी छन् । सडक अवरुद्ध हुँदा घटनास्थलमा प्रहरी पुग्न सकेको छैन भने स्थानीयले उद्धार कार्य जारी राखेका छन् ।
अहिले वेपत्ता दम्पतिको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए ।
पर्वतमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता
उनकी बुहारी ३२ वर्षीया पवित्रा विक भने पहिरो झर्ने वित्तिकै भाग्न सफल भएकी छन् । सडक अवरुद्ध हुँदा घटनास्थलमा प्रहरी पुग्न सकेको छैन भने स्थानीयले उद्धार कार्य जारी राखेका छन् ।

