सुनचाँदीको मूल्य बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ५ सयमा कारोबार भइरहेको छ ।

सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी २ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।