विद्या र शेखरबीच ‘वान अन वान’ वार्ता, के-के भयो कुराकानी ?

डा. शेखरले आफ्नो नैतिक समर्थन रहने आश्वासन दिँदै आफूले थालेको भ्रष्टाचारविरुद्धको अभियानमा अलग पार्टीका तर्फबाट साथ दिन र बोल्न आग्रह गरेका छन् ।

विद्या र शेखरबीच ‘वान अन वान’ वार्ता, के-के भयो कुराकानी ?
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भण्डारीको निजी निवास भंगालमा डा. कोइराला र भण्डारीबीच भएको पौने एक घण्टा लामो भेटवार्तामा विद्याले आफू राजनीतिमा हामफालेको भन्दै नैतिक समर्थन मागेकी छन् । डा. शेखरले आफ्नो नैतिक समर्थन रहने आश्वासन दिँदै आफूले थालेको भ्रष्टाचारविरुद्धको अभियानमा अलग पार्टीका तर्फबाट साथ दिन र बोल्न आग्रह गरेका छन् । “वर्तमान सरकार गठन भएपछि भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम हुने अपेक्षा गरेका थियौँ । तर, भ्रष्टाचारको दर घट्न सकेन,” डा. शेखरको भनाइ उदृत गर्दै सचिवालयले भन्यो, “म एक्लै बोलिरहेको छु । तर, परिणाम हासिल हुन सकेन । अब भ्रष्टाचारविरुद्ध तपाईंले पनि आफ्नो ठाउँबाट आवाज उठाउन सुरु गर्नुपर्‍यो ।” दुई नेताबीच आआफ्नो ठाउँबाट साझा मुद्दामा सहकार्य गर्ने समझदारी कायम भएको बताइएको छ । दुई नेताबीच ‘वान अन वान’ वार्ता भएको थियो ।