काठमाडौं । घुस मागेको अडिओ सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई हटाउने तयारी गरिएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं फर्किएर यसबारे निर्णय लिनेछन् ।
अडिओ टेप सार्वजनिक भए लगत्तै उनले राजीनामा दिनुपर्ने भन्दै सत्तापक्षीय नेपाली कांग्रेसकै सांसदले भनेका छन्। यस्तै, प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलले समेत उनको राजीनामा माग गरेको छ।
सबैतिरबाट आएको दबाब थेग्न नसकेपछि मन्त्री गुप्ता राजीनामा दिने मुडमा पुगेको स्रोतको दाबी छ ।
२०८१ असार ३१ गते उनी सामान्य प्रशासन मन्त्री नियुक्त भएका हुन्। अडिओ टेप सार्वजनिक भएपछि प्रधानमन्त्री समेत उनीसँग असन्तुष्ट रहेको निकटहरू बताउँछन्।
घुस अडिओ प्रकरण : सामान्य प्रशासन मन्त्रीलाई हटाउने तयारी