काठमाडौंको तीनथानामा मोटरसाइकल र स्कुटर ठोकिँदा एक युवकको मृत्यु

आज बिहान करिब पौने चार बजे चन्द्रागिरि-१५ तीनथानास्थित मुख्य सडकमा दुई सवारी साधन ठोकिँदा मोटरसाइकल चालक चन्द्रागिरि-४ थानकोट निवासी करिब ३४ वर्षीय रोशन ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ।

काठमाडौंको तीनथानामा मोटरसाइकल र स्कुटर ठोकिँदा एक युवकको मृत्यु
फाइल तस्बिर काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ तीनथानामा मोटरसाइकल र स्कुटर आपसमा ठोकिँदा एक युवकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। आज बिहान करिब पौने चार बजे चन्द्रागिरि-१५ तीनथानास्थित मुख्य सडकमा दुई सवारी साधन ठोकिँदा मोटरसाइकल चालक चन्द्रागिरि-४ थानकोट निवासी करिब ३४ वर्षीय रोशन ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्कुटरका चालक धादिङको खानीखोला घर भएका ३२ वर्षीय विष्णु श्रेष्ठ र स्कुटरको पछाडि सवार धादिङकै धुनिवेशी-९ घर भएका २५ वर्षीय विवेक केसी घाइते भएका छन्। उनीहरुको कलंकीस्थित सहिद मेमोरिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रहरीका अनुसार थानकोटबाट कलंकीतर्फ आउँदै गरेको बा.८५ प ४८२२ नम्बरको ढकाल सवार मोटरसाइकल सुरुमा आफैँ अनियन्त्रित भएर डिभाइडरमा ठोकिएको थियो। त्यसले पछि विपरित दिशातिर जाँदै गरेको बाप्र ०२ ०४२ प ९८२२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका ढकाललाई उपचारको लागि कलंकीस्थित सहिद मेमोरिल अस्पतालमा पुर्‍याउँदा चिकित्कसले मृत घोषणा गरेका हुन्।