उद्धारमा गएका सशस्त्र सहायक हवल्दार भिरबाट खसे, सेनाले गर्‍यो उद्धार

बुधबार विहान १०ः१५ बजे गोसाइकुण्ड ३, लिङलिङमा उद्धारको सशस्त्रको नं२० गुल्म रसुवाबाट असईको कमाण्डमा खटिएको टोलीका सहायक हवल्दार विशाल थापा भिरबाट १० मिटर तल खोचमा खसेका थिए ।

उद्धारमा गएका सशस्त्र सहायक हवल्दार भिरबाट खसे, सेनाले गर्‍यो उद्धार
काठमाडौं । रसुवा बाढीपीडितका घाइतेको उद्धारमा खटिएका सशस्त्रका सहायक हवल्दार आफैं घाइते भएपछि नेपाली सेनाले उद्धार गरेको छ । बुधबार विहान १०ः१५ बजे गोसाइकुण्ड ३, लिङलिङमा उद्धारको सशस्त्रको नं२० गुल्म रसुवाबाट असईको कमाण्डमा खटिएको टोलीका सहायक हवल्दार विशाल थापा भिरबाट १० मिटर तल खोचमा खसेका थिए । उनको टाउको र घुँडामा चोट लागेको थियो । उनलाई दिउँसो ३ः५० को समयमा नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाएका छन् । उपचारका लागि काठमाडौं ल्याइएका उनको बलम्बुस्थित एपीएफ अस्पतालमा उपचार भइरहेको छ ।