काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आज २०८२ आषाढ २२ गते आइतबारबाट संघ / संस्था तथा सर्वसाधारणको लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला भएको छ ।
प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरको बाह्र करोड इकाई मध्ये न्यूनतम बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई मध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई १.५ प्रतिशत वा अठार लाख इकाई तथा कोष प्रवद्र्धक कम्पनी ग्लोबल आइएमई बैक लिमिटेडको लागि १३.५० प्रतिशत वा एक करोड बैसठ्ठी लाख इकाई बीऊ पूँजीको रुपमा रहनेछ ।
बाँकी न्यूनतम् १० करोड २० लाख इकाईको लागि विभिन्न संघ संस्था सर्वसाधारणको लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला भएको छ ।
यस योजनामा संघरसंस्था तथा सर्वसाधारणले न्यूनतम एक सय इकाई र अधिकतम् एक करोड बीस लाख इकाईको आवेदन दिनसक्नेछन् ।
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्डको सार्वजनिक निष्काशन
बाँकी न्यूनतम् १० करोड २० लाख इकाईको लागि विभिन्न संघ संस्था सर्वसाधारणको लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला भएको छ ।

