जसपा नेता यादवले एसपीलाई ‘तराईमा लुट्न आएका लुटेरा’ भनेपछि...

पक्राउका लागि बिहीबार राति प्रहरीले अध्यक्ष यादवको घरमा टोली परिचालन गरेको थियो तर उनी घरमा नभेटिएको बताइएको छ। उनी जनकपुरधाममा रहेको प्रहरीको अनुमान छ र खोजीकार्य जारी रहेको छ।

जसपा नेता यादवले एसपीलाई ‘तराईमा लुट्न आएका लुटेरा’ भनेपछि...
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध जिल्ला अदालत सर्लाहीले शुक्रबार पक्राउ पुर्जी जारी गरेको छ। सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई टेलिफोनमार्फत अपशब्द प्रयोग गर्दै धम्क्याएको आरोपमा उनलाई आपराधिक उपद्रवको कसुरमा पक्राउ गर्न आदेश दिइएको हो। अध्यक्ष यादवले एसपी खड्कालाई ‘तराईमा लुट्न आएका लुटेरा’ भन्दै धम्क्याएको अडिओ हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। अडिओ सार्वजनिक भएपछि यादवविरुद्ध कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको हो। पक्राउका लागि बिहीबार राति प्रहरीले अध्यक्ष यादवको घरमा टोली परिचालन गरेको थियो तर उनी घरमा नभेटिएको बताइएको छ। उनी जनकपुरधाममा रहेको प्रहरीको अनुमान छ र खोजीकार्य जारी रहेको छ।