सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रणालीमा समस्या, सबै सेवा बन्द

प्रणालीमै समस्या आएकोले विभागले सवारी चालक अनुमति पत्रसँग सम्बन्धित सबै सेवा (इडिएल, अनलाइन आवेदन, अत्यावश्यक लाइसेन्स प्रिन्ट) लगायत सबै सेवा बन्द हुन पुगेको छ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रणालीमा समस्या, सबै सेवा बन्द
काठमाडौं । यातायात व्यवस्था विभागको सवारी चालक अनुमति पत्र प्रणालीमा समस्या आएको छ। प्रणालीमै समस्या आएकोले विभागले सवारी चालक अनुमति पत्रसँग सम्बन्धित सबै सेवा (इडिएल, अनलाइन आवेदन, अत्यावश्यक लाइसेन्स प्रिन्ट) लगायत सबै सेवा बन्द हुन पुगेको छ। विभागले शुक्रबार एक सूचना निकालेर प्रणालीमा देखिएको समस्या समाधानका लागि प्रयास भइरहेको उल्लेख गरेको छ।