रातको समयमा माछा मार्दा गोहीको आक्रमणबाट एक जनाको मृत्यु

विहीबार राति ९ बजेतिर चितवनको रत्ननगर-८ चित्रसारीस्थित बुढीराप्ती खोलामा माछा मार्न गएका २७ वर्षीय अभिषेक माझीको गोहीको आक्रमणबाट मृत्यु भएको हो।

रातको समयमा माछा मार्दा गोहीको आक्रमणबाट एक जनाको मृत्यु
काठमाडौं । रातको समयमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणबाट मृत्यु भएको छ। विहीबार राति ९ बजेतिर चितवनको रत्ननगर-८ चित्रसारीस्थित बुढीराप्ती खोलामा माछा मार्न गएका २७ वर्षीय अभिषेक माझीको गोहीको आक्रमणबाट मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका डिएसपी रवीन्द्र खनालका अनुसार चित्रसारी बस्ने अन्दाजी ४०/४५ वर्षका राजकुमार माझी र अभिषेकले माछा मारिरहेको समयमा अभिषेकलाई गोहीले तानेको थियो। सँगै गएका साथी खोलामा बेपत्ता भएपछि राजकुमारले प्रहरीलाई खबर गरेका थिए। खोजी गर्नेक्रममा राति सवा १ बजेतिर माछा मारेको स्थानभन्दा करिब २०० मिटर तल अभिषेकको शव फेला परेको डिएसपी खनालले जानकारी दिए।