सभापति खतिवडा भन्छन्- 'कुलिङ अफ पिरियड'मा कानुन मन्त्रालय र समिति सचिवालयबाट कमजाेरी भयो

एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतका राजनीतिक दलले सभापति खतिवडाले राजीनामा गर्नुपर्ने र समिति सचिवले पनि पद छोड्नुपर्ने माग गरेपछि खतिवडाले उक्त कुरा बताएका हुन् ।

सभापति खतिवडा भन्छन्- 'कुलिङ अफ पिरियड'मा कानुन मन्त्रालय र समिति सचिवालयबाट कमजाेरी भयो
काठमाडौं  । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती विधेयकमा २ वर्षको कुलिङ अफ पिरियड राखेपछि विधेयकको दफा मिलाउने जिम्मेवारी पाएका अधिकारीबाट कमजोरी भएको बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सभापति खतिवडाले निजामती विधेयकको दफा ८२ ९४०मा निजामती सेवाबाट अवकाश लिएका र राजीनामा गरेको २ वर्षसम्म कुनै पनि संवैधानिक, कूटनीतिक र सरकारी नियुक्तिमा कुलिङ अफ पिरियड लाग्ने व्यवस्था गरेको बताए । उक्त व्यवस्था राखेपछि समिति सचिवालयका सचिव र कानुन मन्त्रालयका सहसचिवले नमिलाएको बताए । एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतका राजनीतिक दलले सभापति खतिवडाले राजीनामा गर्नुपर्ने र समिति सचिवले पनि पद छोड्नुपर्ने माग गरेपछि खतिवडाले उक्त कुरा बताएका हुन् । खतिवडाले भने, 'मेरो निष्ठा र प्रतिष्ठामाथि आँच आउने काम भएको छ तर मेरो संलग्नताबिना त्यो काम भएको छ । हिजो पनि २ वर्ष कुलिङ अफ पिरियड राख्नुपर्छ भनेर अडान लिएको हुँ । उपसमितिले १ वर्ष भन्दा पनि २ वर्ष राख्नुपर्छ भनेको हो । त्यो दफा नमिलाउने काम कानुन मन्त्रालय र सचिवालय सचिवबाट भएको देखिन्छ,' उनले भने । उक्त व्यवस्था राखिएको प्रतिवेदन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई दिएको खतिवडाले बताए ।