ग्लोबल आइएमई बैंकद्वारा राष्ट्रिय धान दिवसको अवसरमा 'धान खेती कर्जा' सार्वजनिक

साथै, राष्ट्रिय धान दिवसको अवसरमा बैंकले टोखा नगरपालिका वडा नं.१, राधा कृष्ण मन्दिर नजिकै रहेको फाँटमा बैंकका कर्मचारी तथा स्थानीयको सहभागितामा धान रोपाई आयोजना गरेको छ ।

ग्लोबल आइएमई बैंकद्वारा राष्ट्रिय धान दिवसको अवसरमा 'धान खेती कर्जा' सार्वजनिक
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा सार्वजनिक गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्यमा मुलुकलाई आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउन लिएको रणनीतिलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले धान खेती कर्जा सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत कृषकले धानको बिऊ, रसायनिक तथा जैबिक मल, कृषी उपकरणहरु तथा अन्य आवश्यक कृषि सामग्रीहरु खरिद गर्न बैंकबाट २० लाख रुपैयाँसम्म कर्जा पाउनेछन् । खेतियोग्य जमिनको सदुपयोग गर्न धान खेती गरी कृषकको आम्दानी बढाई कृषी पेशालाई मर्यादित र ब्यबसायिक बनाइ कृषकहरुलाई प्रोत्साहन गर्नको लागि यो कर्जा योजना सार्वजनिक गरिएको हो । साथै, राष्ट्रिय धान दिवसको अवसरमा बैंकले टोखा नगरपालिका वडा नं.१, राधा कृष्ण मन्दिर नजिकै रहेको फाँटमा बैंकका कर्मचारी तथा स्थानीयको सहभागितामा धान रोपाई आयोजना गरेको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीसहित बैंकका कर्मचारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।