मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ जना घाइते

प्रहरीका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा उनीहरुको शनिबार राति नै मृत्यु भएको हो ।

मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ जना घाइते
फाइल तस्बिर विराटनगर । सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । सुनसरीको चतरा–कान्छी चोक भित्री सडक खण्डस्थित रामधुनी नगरपालिका–७ बासबिटीमा कालाबञ्जारबाट कान्छी चोकतर्फ आउँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बर र कान्छी चोकबाट कालाबञ्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल दुर्घटना भएका थिए । साँझ करिब साढे ७ बजे भएको दुर्घटनामा परी ५८६४ नम्बरको मोटरसाइकलका चालक रामधुनी–६ का ३४ वर्षीय इनर्चन चौधरी, उनका छोरा ९ वर्षीय प्रनिष चौधरी र ९६०५ नम्बरको मोटरसाइकलका चालक सुनसरीको इनरुवा नगरपालिका–६ का अन्दाजी ५० वर्षीय विन्दु यादवको मृत्यु भएको हो । प्रहरीका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा उनीहरुको शनिबार राति नै मृत्यु भएको हो ।