सिरहामा युवक मृत भेटिए, हत्याको आशंका

गएराति ९ बजेतिर महरा एक छिनमा आउँदै छु भन्दै घरबाट बाहिरिएका थिए । घटनास्थलमा बियरका बोतल पनि फेला परेको प्रहरीले जनाएको छ ।

सिरहामा युवक मृत भेटिए, हत्याको आशंका
सिरहा । सिरहाको अर्नमा गाउँपालिका-१, बुढियाचापमा एक युवक मृत भेटिएका छन् । शनिबार बिहान अर्नमा गाउँपालिका-१, बुढियाचापमा घरनजिकै ३४ वर्षीय अजय महरा मृत भेटिएका हुन् । स्थानीय मइम मन्सुरीले खेतमा बाली रुँग्न बनाएको बाँसको झुपडी नजिकैको आँपको रुखमुनि खुट्टामा प्लाष्टिकले सामान्य बाँधेको अवस्थामा महराको शव भेटिएको अर्नमा गाउँपालिका-१ का वडाध्यक्ष गफार मियाँले जानकारी दिए । स्थानीयहरूले बिहानै खेतमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको हो । गएराति ९ बजेतिर महरा एक छिनमा आउँदै छु भन्दै घरबाट बाहिरिएका थिए । घटनास्थलमा बियरका बोतल पनि फेला परेको प्रहरीले जनाएको छ ।