काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता हुँदैछ । प्रचण्ड र ओलीबीच दिउँसो भेट हुने तय भएको ओलीको सचिवालयले जनाएको छ ।
भेटवार्ता राष्ट्रपति चुनाव र उम्मेदवार, मन्त्रिपरिषद् विस्तार र समसामयिक राजनीतिक लगायतका विषयमा केन्द्रित हुनेछ । नेकपा माओवादीले राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्ने निष्कर्ष निकालेको छ । एमालेले भने यसअघि माओवादीसँग भएको सहमति अनुसार आफ्नो पार्टीबाटै राष्ट्रपतिको उम्मेदवार बनाउने दाबी गर्दै आएको छ ।
राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न प्रचण्ड र ओलीबीच भेटवार्ता हुँदै
प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता हुँदैछ ।

