भीमगिठेमा बस र पिकअप जिप ठोकिँदा ५ जना घाइते

प्रहरीले पिकअप चालक कृष्ण बहादुर खत्री र बस चालक श्याम बहादुर रजौंलीलाई नियन्त्रणमा लिएको छ । बसमा ९ जना र जिपमा ७ जना सवार रहेका थिए ।

भीमगिठेमा बस र पिकअप जिप ठोकिँदा ५ जना घाइते
दिनेश शर्मा, भीमगिठे । बागलुङको बडिगाड गाँउपालिका ७ भिमगिठे बजारमा बस र पिकअप जिप एक आपसमा ठोक्किँदा ५ जना घाइते भएका छन् । बस र पिकअप जिप एकआपसमा ठोकिँदा गलकोट नगरपालिका ८ का श्याम सुनार, नविन गलामी, टिकाराम कामी, अनिल श्रीस र विज्ञान गलामी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको अनुहार र हातमा सामान्य चोट लागेको र स्थानीय मेडिकलमा उपचार भइरहेको बडिगाड गाँउपालिका नगरप्रहरी कमल रानाले जनाकारी दिए । बुर्तिबाङबाट बुटवल जाँदै गरेको लु १ ख ८२८६ नम्बरको बस र गलकोटबाट बोबाङ दुरान फर्काउन जाँदै गरेको ध १ ज ४२० नम्बरको पिकअप जिप शुक्रबार एकआपसमा ठोकिएका हुन । प्रहरीले पिकअप चालक कृष्ण बहादुर खत्री र बस चालक श्याम बहादुर रजौंलीलाई नियन्त्रणमा लिएको छ । बसमा ९ जना र जिपमा ७ जना सवार रहेका थिए ।