बाढी घरमा पस्दा श्रीमती बेपत्ता, श्रीमान घाइते

बाढीले थप तीन वटा गोठमा पनि क्षति पु¥याएकाले पशुचौपाय क्षतिको विवरण आउन बाँकी रहेको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए ।

बाढी घरमा पस्दा श्रीमती बेपत्ता, श्रीमान घाइते
त्रिशूली । अबिरल वर्षासँगै आएको बाढीले ककनी गाउँपालिका १ कागतीगाँउस्थित भसीबुमा एक महिला बेपत्ता भएकी छन् । बिमचा खोल्सी (कोल्पु खोला)मा शुक्रबार विहान आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए । उनको अनुसार लेदो र ग्रेगानसहितको बाढी घरमा पसेपछि भाग्न खोज्दा बिमलालाई बगाएको हो । हाल उनको खोजी भइरहेको जनाइएको छ । बाढीका कारण श्रीमान् ३६ वर्षीय अशोक बलामी घाइते भएको र उपचारका लागि काठमाडौं पठाइएको छ । बाढीले थप तीन वटा गोठमा पनि क्षति पु¥याएकाले पशुचौपाय क्षतिको विवरण आउन बाँकी रहेको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए ।