प्याजको मूल्य बढ्यो

एक साताअघिको तुलनामा यो प्रतिकिलो ६ रूपैयाँ बढी हो। एक साताअघि कालीमाटी तरकारी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ४२ देखि अधिकतम ४४ रूपैयाँमा कारोबार भएको थियो।

प्याजको मूल्य बढ्यो
काठमाडौं । बजारमा सुकेको प्याजको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो। बिहीबार कालीमाटी तरकारी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ४८ देखि अधिकतम ५० रूपैयाँमा कारोबार भएको छ। एक साताअघिको तुलनामा यो प्रतिकिलो ६ रूपैयाँ बढी हो। एक साताअघि कालीमाटी तरकारी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ४२ देखि अधिकतम ४४ रूपैयाँमा कारोबार भएको थियो। आपूर्तिको आधारमा मूल्य घटबढ हुन्छ। अहिले बजारमा भारतीय र नेपाली दुवै प्याज आइरहेको छ।