बागलुङ नगरपालिकाले ल्यायो एक अर्ब ३० करोडको बजेट, कांग्रेस भवन बनाउन ७० लाख विनियोजन

बालमैत्री घोषणापश्चात सुचकहरु घट्दै गएकोमा चिन्ता व्यक्त भइरहेको सन्दर्भमा नगरपालिकाले दिगोपनालाई चासो नदिएको बजेटबाट प्रष्ट भएको देखिन्छ । बालमैत्री घोषणा कार्यक्रमकै करिब ७ लाख रकम भुक्तानी गर्न अझै बाँकी रहेको छ ।

बागलुङ नगरपालिकाले ल्यायो एक अर्ब ३० करोडको बजेट, कांग्रेस भवन बनाउन ७० लाख विनियोजन
बागलुङ । बागलुङ नगरपालिकाले एक अर्ब ३० करोड ९५ लाखको बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख राजु खड्काले आर्थिक वर्ष २०८२।८३ का लागि सो बजेट सार्वजनिक गरेका हुन् । सोमबार नगरप्रमुख बसन्तकुमार श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगरसभामा नगरउपप्रमुख राजु खड्काले बालमैत्री कार्यक्रम नगरपालिकाको सफल कार्यक्रम रहेको बताउदै दिगोपानाका लागि २० लाख बजेट बिनियोजन गरेको बताए । बालमैत्री घोषणापश्चात सुचकहरु घट्दै गएकोमा चिन्ता व्यक्त भइरहेको सन्दर्भमा नगरपालिकाले दिगोपनालाई चासो नदिएको बजेटबाट प्रष्ट भएको देखिन्छ । बालमैत्री घोषणा कार्यक्रमकै करिब ७ लाख रकम भुक्तानी गर्न अझै बाँकी रहेको छ । नगरपालिकाले संघीय सरकारबाट हस्तान्तरण भएर आएको कार्यक्रममा नेपाली कांग्रेस बागलुङको भवन निर्माणमा ७० लाख विनियोजन गरेको छ । संघीय सरकारले हस्तान्तरण गरेको कार्यक्रममा बागलुङ नगरपालिका–३ मा वि।पि स्मृति भवन निर्माणका लागि रु। ७० लाख विनियोजन भएको छ । कांग्रेस पार्टी कार्यालयको भवनलाई विपी स्मृति भवनको नाममा स्थानीय पालिकाले समेत यस अघि बजेट राखेका थिए । नगरपालिकाले पहिलो वर्षनै रु। २० लाख बजेट बिनियोजन गरेको थियो ।